उपेन्द्रलाई कालो झण्डा देखाउँदा राज्यविप्लवको मुद्दा, पक्राउ परेको हप्ता दिनमै मृत्यु


 


काठमाडौं, भदौ १७
भदौ ७ गते बर्दियाको गुलरियामा संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने र कार्यक्रम विथाल्ने एक जनाको मृत्यु भएको छ ।

बर्दिया सदरमुकाम गुलरियामा पार्टीको कार्यक्रममा आएका मन्त्री यादवालाई झण्डा देखाई कार्यक्रम विथोलेको आरोपमा पक्राउ गरेर हिरासतमा राखेका राममनोहर यादवको मृत्यु भएको हो । नयाँ पत्रिकामा खबर छ ।

बर्दिया प्रहरीले तत्काल नियन्त्रणमा लिएर उनीमाथि राज्यविप्लवको मुद्दा दायर गरिएको थियो । बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहर सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध रहेका थिए ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्