विपन्न र असहायलाई भत्ता दिइने, ढाँटेर लिए यस्तो सजाय


 


काठमाडौं, भदौ १७
सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ ।

नेपालको संविधानको धारा ४३ मा रहेको सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्थालाई मध्यनजर गरी यस्तो विधेयक ल्याउन लागिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

उक्त विधेयकमा कुनै नागरिकले यस्तो सुरक्षा नलिने घोषणा गरेमा उसलाई स्थानीय तहले सम्मान गर्ने र ढाँटेर लिनेलाई सजाय हुने ब्यवस्था गरिएको छ ।

विवरण ढाँटेर नियमविपरीत यस्तो सुरक्षा लिएमा जुनसुकै व्यक्तिले त्यसविरुद्ध स्थानीय तहको न्यायिक समितिमा उजुरी दिन सक्ने ब्यवस्था गरिएको छ ।

उक्त समितिको निर्णयमा चित्त नबुझेमा ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन पनि हुन सक्ने छ । ढाँटेर लिएमा लिएको रकम बराबरको जरिवाना तिर्नुपर्ने ब्यवस्था गरिएको छ ।

सुरक्षा भत्ता पाउने नागरिकलाई स्थानीय तहले परिचयपत्र दिने छ । सोही परिचय पत्रका आधारमा निवेदन दिएपछि भत्ता दिइने छ ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्