त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा


 


काठमाडौं, भदौँ १७

गएराती सांढे ८ बजेदेखि अबरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि बल्ल संचालनमा आएको छ । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल १२ घण्टा संचालनमा ल्याउन नसकिएको हो ।

रातभरदेखि विहानसम्मको प्रयासमा दुर्घटनामा परेको विमानलाई तानेर ह्यांगरमा लगेपछि विमानस्थल सुचालु भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । विमानस्थल बन्द हुँदा रातीका उडान स्थगित गरिएको थियो भयो भने बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउलगायतका ठाउँमा पठाइएको थियो ।

दुर्घटनाग्रस्त विमानको गिएर नै भाँचिएकाले तान्न कठिन र लामो समय लागेको महाप्रबन्धक कंसाकारले बताउनुभयो । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान हिजो बेलुकी धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो । जहाजमा रहेका यात्रु र चालक दलका सदस्य भने सकुशल छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्