देशभरका चिकित्सकहरु आन्दोलनमा


 


काठमाण्डौँ, भदौँ १७

मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ ।

संघले आज डाक्टरहरुको प्रमाणपत्र मेडिकल काउन्सिलमा फिर्ता गर्ने पनि जनाएको छ । आज बिहान १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो ।

अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई आज काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्