सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तकै शिकार


 


बुटवल, भदौ १७
प्रदेश नम्बर ५ मा एक साताभित्रै सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । अलात्कारमा तीन जना बालिका मात्रै छन् । अधिकांश घटना आफन्तबाटै भएका छन् । अन्नपूर्णमा खबर छ ।

गएको मंगलबार मात्रै बाँकेमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।

त्यस्तै मंगलबार कोहलपुर नगरपालिका–३ मैटहवामा पाँच वर्षीया बालिका नाताले काका पर्ने भारत उत्तरप्रदेश डिन्नी रहेली घर भई कोहलपुर–४ बस्ने १५ बर्से किशोर हरूण खाँले बलात्कार गरेको आरोपमा पक्राउ परे ।

बुधबार पनि रूपन्देहीमा ६ वर्षीया बालिका मावली घरमा गएको बेला बलात्कारको सिकार भइन् । तीन दिनअघि बुटवलको ज्ञानपुञ्ज विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल छात्रामाथि यौनहिंसा गरेको आरोपमा पक्राउ परे ।

बिहीबार गुल्मी रजस्थलका ५६ बर्से धनबहादुर चुँदाराले ३५ वर्षीया एक महिलामाथि बलात्कार गरेका थिए ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्