कांग्रेस झापाका पूर्व सभापति दाहाल सम्मानित


 


झापा, भदौ १६

प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित हुनु भएको छ ।  उहाँलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम अधिबेशनको उद्घाटनका अवसरमा प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा सम्मान गरेको हो ।

उहाँलाई संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दोसल्ला,सम्मान पत्रले सम्मान प्रदान गर्नुभएको थियो । दाहालले प्रजातन्त्रका विभिन्न कालखण्डहरुमा पुर्याँएको योगदानको चर्चा गर्दे सम्मान गरिएको यूनियनले जनाएको छ ।

प्रतिवन्धित कालमा कांग्रेस झापाका सभापति भएका ८३ बर्षिय दाहाल विभिन्न कालखण्डमा ५ वर्ष जेल,३ वर्ष निर्वासन,पटक पटक एरियावन्दी,अञ्चल निष्कासन ,राजकाज सम्बन्धी मुद्धाको सजाय भोग्नुभएको थियो । तेह्थुममा जन्मिनुभएका दाहाल लामोसमयदेखि झापाको कमल गाउँपालिका–५ मा बस्दै आउनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै सांसद सुब्बाले प्रजातन्त्र प्राप्तिका लागि दाहालको देन स्मरणीय भएको चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्