धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड


 


मोरङ, भदौँ १६

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीयस्तरबाटै धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड दिनुभएको छ । तीजको अवसरमा उर्लाबारी – ६ स्थित सिद्धेश्वर शिव बाबा धाममा आयोजित खुल्ला भजन किर्तन प्रतियोगिता समारोहमा बोल्दै प्रमुख अतिथी फागोले धार्मिक क्षेत्रको प्रबद्र्धन र संरक्षणका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो ।

भजन किर्तन प्रतियोगितामा पूर्वी मोरङ र दमकका गरी १८ वटा भजन किर्तन मण्डलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्