सप्तकोशी बोर्डिङ रजत जयन्तीको लोगो सार्वजनिक


 


मोरङ, भदौँ १६

मोरङको उर्लाबारी – ४ स्थित सप्तकोशी इङलिस बोर्डिङ स्कुलमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा सप्तकोशी इङलिस बोर्डिङ स्कुल र पाथिभरा भजन किर्तन मण्डलीको आयोजनामा तिज विशेष कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी भएकाहरुलाई तिजको दर खुवाईएको थियो भने धार्मिक जागरणमा योगदान पुर्याएबापत शेखरनाथ दाहाल र अञ्जु काफ्लेलाई सम्मान् गरिएको थियो । सोही कार्यक्रममा सप्तकोशी इङलिस बोर्डिङ स्कुलको रजत जयन्तीको लोगो सार्वजनिक गरिएको थियो । स्कुलले यस वर्षभरी नै बिभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो रजत जयन्ती मनाउने भएको छ ।

रजत जयन्तीको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक ब्यक्तिहरुलाई सम्मान, खेलकुद गतिबिधि, कला कार्यशाला तथा प्रदर्शनी, विज्ञान प्रदर्शनी, साहित्य कार्यक्रम, सांस्कृतिक कार्यक्रम, भूपू विद्यार्थी मिलन, विभिन्न संघसंस्थासँग अन्तरसंवाद, मिडियाहरुसँगको साझेदारीमा अन्तरक्रिया, रक्तादान तथा स्वास्थ्य शिबिर, प्रभातफेरी तथा सरसफाई कार्यक्रम, बृत्तचित्र निर्माण, सामाजिक कार्य, स्मारिका प्रकाशनलगायत कार्य गर्ने विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्