प्रेस युनियन माईपश्चिमको अध्यक्षमा सुब्बा


 


दमक, भदौ १६

नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमक झापाको आज सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बालाई पुनःअध्यक्षमा चयन गरेको छ । बन्दसत्रले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सो समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी ,सचिवमा अर्जुन राजबंशी, सहसचिवमा नगेन्द्रमणी न्यौपाने र कोषाध्यक्षमा कुसुम तामाङ रहेका छन् । त्यस्तैे सदस्यहरुमा प्रशान्त भट्टराई, युवराज रेग्मी, शान्ति सुब्बा र बेणु प्रसाई रहनुभएको छ । निर्वाचित समितिलाई यूनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईले प्रमाणपत्र वितरणसहित सपथग्रहण गराउनु भएको थियो ।

वन्दसत्रले यूनियनका अध्यक्ष सुब्बाले प्रस्तुत गरेको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । त्यस्तै वन्दसत्रले गिरीराज भट्टराईको संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्