पेस्तोल देखाएर रकमसहित सुन लुट्ने पक्राउ


 


विराटनगर, भदौ १६
सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने एकजनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (विक) लाई पक्राउ गरेको हो ।

सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुटेर भाग्न दाग्दा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको छ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्