प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले बालुवाटार छोडे, राजीनामा दिन्छन कि दिँदैनन् ?


 


काठमाडौं, भदौ १६
प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पधानन्यायाधीस निवास छोडेका छन् । बालुवाटारमा रहेको निवासबाट उनी विहीबार विदा भएका हुन् ।

सरकारी निवास छोडेर न्यायाधीश जोशी निजी निवास धुम्बाराही सरेका छन् । यसअघि चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि उनी कामु प्रधानन्यायाधीशको हैसियतमा चैत ५ गतेदेखि बालुवाटार सरेका थिए ।

प्रधानन्यायधीसमा प्रस्तावित जोशीलाई संसदीय सुनुवाई समितिले शैक्षिक प्रमाणपत्र र विगतको कार्यशैलीमा खोट देखाउँदै अस्वीकृत गरेको थियो । उनी अझै विदामा छन् । विदा सकिएपनि राजीनामा भने नदिने उनले बताएका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्