श्रीलंकाका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी जाँदै


 


काठमाण्डौँ, भदौँ १५

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु हुने भएको छ । उहाँ अहिले बिहान साढे ९ बजे काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवामा ओर्लने र त्यहाँबाट गाडीमा लुम्बिनी जानुहुनेछ ।

यसअघि हेलिकोप्टरमार्फत लुम्बिनी जाने तयारी भएपनि उहाँ भैरहवाबाट गाडीमै जानु हुने भएको छ । राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्