मोदीले यसपटक पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डलाई किन भेटेनन् ?


 


काठमाडौं, भदौ १६
चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक भने नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई भेटेनन् ।

प्रत्येक भेटमा पूर्व प्रधानमन्त्री र मधेशबादी दलका नेताहरुलाई भेटेर जाने मोदीले यस पटक भने कसैसंग पनि भेटवार्ता गरेनन् । नेपाल समाचार पत्रमा खबर छ ।

यसअघि नेपालमै आयोजना भएको १८ औं सार्क शिखर सम्मेनलमा भाग लिन आउँदा मोदीले नेपालका विभिन्न शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटवार्ता गरेका थिए।

सम्मेलनमा भाग लिन आउँदा नेपालका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय नभएका कारण उनले कसैलाई पनि नभेटेको बताइएको छ ।

सम्मेलनको उद्धघाट्नकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोजमा भने मोदीले नेपालका शीर्ष राजनीतिक व्यक्तिहरुसँग अनौपचारिक भेटवार्ता भने गरेका थिए ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्