भारतीय कंग्रेसका अध्यक्ष गान्धी मानसरोबरको यात्रामा


 


काठमाण्डौँ, भदौँ १६

हिजो दिउँसो काठमाडौं आईपुग्नुभएका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी आज बिहान पशुपतिनाथको दर्शन गरेर तिब्बत हुँदै मानसरोबरको यात्रामा निस्कुन हुने भएको छ ।

उहाँ लाजिम्पाटस्थित होटल र्याडिसनमा बस्नुभएको छ । उहाँको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ । उहाँलाई काठमाडौंस्थित भारतीय दूतावासका सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिजै साँझ स्वेदश फर्किनुभएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्