बिम्स्टेकको अवसरमा ओली र मोदीबीच के विषयमा भयो सम्झौता ?


 


कामठाडौं, भदौ १६
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको अवसरमा नेपाल आएका भारती प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच महत्वपूर्ण विषयमा सम्झौता भएको छ ।

नेपाल–भारतबीच काठमाडौं–रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा गएका बेला यससम्बन्धी भएको सहमतिअनुसार सहमति भएको हो ।

समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई सर्भे गर्ने जिम्मा दिइएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्