चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा


 


काठमाडौं, भदौ १५

मुलुकी अपराध संहिता संशोधनमा सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने घोषणा गरेको छ । संघले आईतबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आन्दोलन गर्ने बताएको छ ।

आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ ।

भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने संघले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्