तीजको अवसरमा प्रदेश सांसद्लाई सम्मान्


 


मोरङ, भदौँ १५

मोरङको पथरीशनिश्चरे नगरपालिका निवासी १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राईलाई तीजको अवसरमा नगरको ३ नम्वर वडाका महिलाहरुले आज सम्मान गरेका छन् ।

वडा महिला समूहको आयोजनामा तीज नृत्य प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रममा सांसद राईलाई समूह अध्यक्ष भला रेग्मीले दोसल्ला ओढाएर सम्मानित गर्नुभएको हो ।

तीज मिलनमा विगत ४ वर्षदेखि नृत्य प्रतियोगिता सहितको सांस्कृतिक कार्यक्रम गर्दै आएको समूहले अव वडाका ५ जना विपन्न महिलालाई सीपमुलक तालिम दिएर व्यवसाय सञ्चालन गर्ने सहयोग समेत गर्ने समूह सचिव राधिका गौतमले उद्घोष गर्नुभएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्