प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता


 


काठमाण्डौँ, भदौँ १५

प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेक सम्मेलनको लागि काठमाडौं आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।होटल सोल्टीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयका साथै एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुको उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको लागि प्रारम्भिक इन्जिनियरिङ अध्ययनको विषयमा दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतका तर्फबाट नेपालका लािग भारतीय राजदूत मञ्जीभसिंह पुरीले हस्ताक्षर गर्नुभएको हो ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्