भारतीय विपक्षी दलका नेता गान्धी काठमाडौंमा


 


काठमाडौं, भदौँ १५

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल हुँदै मानसरोबर जाने उनको कार्यक्रम रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएकै बेला विपक्षी दलका नेता राहुल समेत नेपालआएका हुन । गान्धी इन्डिगोको जहाजबाट काठमाडौं आइपुगेका छन् ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्