पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ


 


मोरङ,  भदौँ १५

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा आज दिउँसो पेस्तोल देखाउँदै लुटपाट गरेर भाग्दै गरेका लुटेरालाई स्थानीय बासिन्दाहरुले पक्राउ गरेका छन् ।

विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा दिउँसो करिब १२ बजेतिर पेस्तोल देखाउँदै ब्रासलेट लुटेका थिए । स्थानीय छत्रबहादुर न्यौपानेको सुन पसलमा पेस्तोल देखाउँदै ९.७७ ग्रामको ब्रासलेट लुटेर भाग्दै गर्दा स्थानीयहरुले करिब पाँचसय मिटर लखेटेर पक्राउ गरेका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई घटनास्थलमा पुग्नुभएको थियो । प्रहरीले लुटेरालाई घटना स्थलबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भोजपुर दिङ्ला २ घर भई हाल धरान घर बताउने गोपाल दाहाल (वि.क.) रहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । पक्राउ परेका विकबाट ७.६ एमएमको राउण्ड लाग्ने एक थान स्वचालित पेस्तोल र ब्रासलेट बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्