तीज नजिकिएसंगै सुनको मूल्य बढ्दै, कति पुग्यो आज ? हेर्नुहोस्


 


काठमाडौ, भदौ १५
नेपाली महिलाहरुको महान चाँड हरितालिका तीज नजिकिएसंगै बजारमा सुनको मूल्य बढ्दै गएको छ ।

एक हप्ता यता मात्रै सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ बढेकोे छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने खासै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हप्ताको अवधिमा १० रुपैयाँ बढेको छ ।

हिजो तोलामा सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्