मोदी काठमाडौंमा हुँदै गर्दा भारतीय प्रतिपक्ष दलका नेता पनि आउँदै


 


काठमाडौं, भदौ १५
बिम्स्टेक सम्मेलनका लागि विभिन्न देशमा राष्ट्र प्रमुख तथा प्रधानमन्त्री नेपालमा रहेका बेला भारतका प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं ओर्लँदैछन् ।

भारतीय प्रधानमन्त्री मोदी पनि नेपालमै छन् । यही बेला गान्धी नेपाल आउन लागेका हुन् । तर, उनी नेपालमा राजनीतिक भेटका लागि नभई कैलाश मान सरोवरको तिर्थयात्राका लागि आउन लागेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी पनि शुक्रबार फर्किदैछन् । राहुल काठमाडौं हुँदै मान सरोबर जान लागेको भारतीय जान लागेको बताइएको छ ।

अप्रिलमा गुजरातमा भएको सभामा उनले शिवको भक्तिका लागि मान सरोवर जाने घोषणा गरेका थिए । २०१९ को चुनावका लागि कांग्रेस र भारतीय जनता पार्टीको तिव्र स्पर्धा भइरहेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्