नेकपाका नेता नेपाल मध्येरातमा अमेरिका प्रस्थान


 


काठमाडौँ, भदौ १५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागो प्रस्थान भएका छन् ।

यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन्

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग पनि नेता नेपालको भेटघाट हुने नेता नेपालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्