सुनको मूल्य बढ्यो, आज कति छ ?


 


काठमडौं, भदौ १४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्