हात्तीको आक्रमणबाट माउते ठहरै, जो एक हप्ताअघि मात्रै नियुक्त भएका थिए


 


चितवन, भदौ १४
चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको छ ।

आज विहान हात्तीको आक्रमणबाबट सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदारकोे मृत्युु भएको निकुञ्जले जनाएको छ ।

सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद नामको हात्तीमा घाँस काट्न गएका सरदारलाई नजिकैको वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । उनी एक हप्ताअघिघ मात्रै माउतेका रुपमा काम गर्न थालेका थिए ।

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्