बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, यसरी गरियो स्वागत


 


 

काठमाडौँ, भदौ १४
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी काठमाडौं पुगेकी छन् ।

 

उनलाईई रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । साथै उनलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागतसमेत गरेको थियो ।

प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले पनि स्वागत गरेका थिए । उनी विमानस्थलबाट सोझै सोल्टी होटल गएकी छन् ।

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्