भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा


 


काठमाडौं, भदौँ १४

बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नु भएको छ । उहाँ आज बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेललगायतले स्वागत गर्नुभएको थियो ।

मोदी विमानस्थलबाटै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पशुपतिमा पूजाअर्चनापछि सम्मेलनमा भाग लिन सोल्टी होटल जाने कार्यक्रम छ ।

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्