नेपाल–भूटान भेटवार्ता


 


काठमाडौँ, भदौँ १३

प्रधानमन्त्री केपी शर्मा ओली र भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधान न्यायाधीश ल्यान्पो छिरिङ वाङचुकबीच आज द्विपक्षीय भेटवार्ता भयो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उहाँहरुबीच द्विपक्षीय वार्ता भएको हो ।

बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक आज बिहान काठमाडौँ आइपुग्नुभएको हो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भूटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्