विश्व कीर्तिमान बनाउन केसी ५४ घण्टादेखि वक्तव्य दिँदै


 


काठमाडौँ, भदौ १३
विश्व कीर्तिमान बनाउका लागि काठमाडौंमा अनन्तराम केसीले निरन्तर ५४ घण्टादेखि बोलीरहनुभएको छ ।

सबैभन्दा लामो समयसम्म बोलेर किर्तिमान बनाउन केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो ।

आज बिहान १२ बजेसम्मको अभिलेखअनुसार उहाँले ५४घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणीकरण नगरेपछि स वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालीमसमेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनुभएको छ । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकर्ड्समा छ । रासस

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्