हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्छ : उपसभामुख


 


झापा, भदौँ १२

प्रतिनिधिसभाकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले देशैभरि महिलामाथि भईरहेका सवै खाले हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्ने औल्याउनु भएको छ ।

आज झापाको दमकमा मेची सहकारी संस्थाको २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाको उ्दघाटन गर्दे उपसभामुख डा. तुम्बाहाम्फेले महिलामाथि हुदैआएका हिंसाजन्य अपराध नियन्त्रण गर्न समुदायका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने जोड दिनुभयो ।

पछिल्ला समय देशैभरि महिलामाथि विभिन्न खालका हिंसाजन्य अपराध मौलाउदै गएको टिप्पणी गर्दे उहाँले त्यस्ता अपराधका घटना निरुत्साहित गर्न कानुन निर्माणसंगै समाजमा चेतना आवश्यक भएको चर्चा गर्नुभयो । महिलामाथिका सवै खाले हिंसा रोक्न कानुन मात्र सक्षम नहुने भन्दै उहाँले त्यस्ता हिंसाका घटना हुन नदिन समाजको परिवारसंगै विभिन्न किसिमका अभियान समेत सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

समाजको तल्लो तहसंग स्थानीय क्षेत्रका सहकारी संस्थाहरुको पहुँच भएकाले समाजका सवै खाले विकृति ,विसंगति विरुद्ध अभियान थाल्न उनले सहकारीकर्मीहरुलाई सुझाव दिनुभयो । संस्थाले आफनो साधारणसभाका दिन वितरण गर्देआएको एक दर्जन सम्मानसहितका पुरस्कारहरु समेत वितरण गरिएको थियो । संस्थाले सहकारीका क्षेत्रमा कलम चलाएवापत दमकका पत्रकार विष्णु सुब्बालाई स्व. गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

नगद ७ हजार,सम्मानपत्रसहित सुव्वालाई पुरस्कृत गरिएको हो ।त्यस्तै स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारवाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बढाललाई प्रदान गरियो । सो पुरस्कारको राशी २० हजारसहित सम्मानपत्र छ । संस्थाका पूर्वअध्यक्ष स्व. बस्नेतको स्मृतिमा संस्थाले ती सम्मानसहितको पुरस्कार प्रदान गर्देआएको छ । यसैगरि ,संस्थाले मेची सहकारी पुरस्कारबाट कान्तिपुर दैनिकका अर्जुन राजवंशी ,सञ्चार संस्थाका रुपमा सवाल नेपालका सम्पादक विष्ण पोख्रेललाई समेत नगद, प्रंशसापत्रसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्