सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, भदौ १२
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्