उप सभामुखद्धारा उर्लाबारीका पत्रकारसँग छलफल


 


मोरङ, भदौँ १२

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज बिहान आफ्नो गृहनगर मोरङको उर्लाबारीका पत्रकारहरुसँग छलफल गर्नुभएको छ ।

सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको छलफलमा ग्रामीण क्षेत्रको पत्रकारिताको अवस्था तथा समस्याका बारेमा उपसभामुख तुम्बाहाम्फेले जानकारी लिनुभएको थियो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व सह–सचिब मोहन भट्टराई, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकारहरु जगन्नाथ भट्टराई, केदार चौहान, भूपेन्द्र तिम्सिना, मिलन के राउत, घनश्याम भण्डारीलगायतले पूर्वी मोरङका पत्रकार तथा सञ्चारमाध्यमको अवस्थाका बारेमा उपसभामुख तुम्बाहाम्फेलाई अवगत गराउनु भएको थियो ।

उहाँहरुले पत्रपत्रिकाको बर्गीकरण, विज्ञापन, पत्रकारको क्षमता विकासका लागि तालिमलगायतका विषयमा उपसभामुख डा. तुम्बाहाम्फेलाई जानकारी गराउनु भएको थियो । सञ्चार क्लब नेपाल, उर्लाबारीको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन क्लबका अध्यक्ष सरोज बस्नेतले उपसभामुख तुम्बाहाम्फेलाई आग्रह गर्नुभएको थियो । उपसभामुख तुम्बाहाम्फेले ग्रािमण क्षेत्रका पत्रकारहरुका समस्या समाधानका लागि आफुले सम्बन्धित निकायमा पहल गर्ने बताउनु भएको थियो ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्