ओली र मोदीबीच वार्ता हुने, हुनेछन् यी दुई सम्झौता


 


काठमाडौं, भदौ १२
नेपालमा हुन लागेको विमस्टेक सम्मेलनको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता र सम्झौता हुने भएको छ ।

सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भइसकेको छ । दुईपक्षीय वार्तामा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेको थियो । सम्मेलनकै अवसरमा भारतीय प्रधानमन्त्री मोदीले पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाकोसमेत उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा चौथो पटक नेपाल आउँदैछन् ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्