आमाको काखबाट आठ महिने शिशुको अपहरण, बगैचामा लगेर हत्या


 


महोत्तरी, भदौ १२
महोत्तरीको औरही निगरपालिका वडा नम्बर १ मा आमाको काखबाट आठ महिने शिशुलाई अपहरण गरेर हत्या गरिएको छ ।

स्थानीय सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरित व्यक्तिको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेर भगहा नगरपालिकाको मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमूनि सोमबार दिउँसो शिशुको शव भेटिएको थियो ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्