वाइड बडी खरिद अनियमितता, यसरी गरिदैछ छानविन


 


काठमाडौं, भदौ १२
वाइड बडी खरिमा अनियमितता भएको खबर सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले छानविन सुरु गरेको छ ।

नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको हो। अन्नपूर्णमा खबर छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको छ ।

सिधै खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको विषयलाई गम्भीर रुपमा लिइएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्