सुस्त महिलामाथि सामूहिक बलात्कार, तीन जना नियन्त्रणमा


 


इनरुवा, भदौ ११
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशामा शनिबार राति एक महिला सामूहिक बलात्कारको सिकार भएको घटना बाहिरिएको छ ।

पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया महिला बलात्कृत भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई प्रहरीले उद्दार गरेर उपचारका लागि विराटनगर पठाइएको छ ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए ।

बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्