मतदानको पूर्वसन्ध्यामा भरतको पक्षमा एकाएक माहोल बढ्यो
उर्लाबारी, भदौ १०
पूर्वी मोरङ र आसपासका क्षेत्रमा धेरैले चासोका रुपमा लिईएको उर्लाबारी उद्योग वाणिज्य संघको मतदान सोमबार हुँदैछ । र, मतदानकै पूर्वसन्ध्यामा संघको अध्यक्ष पदका उम्मेद्वार चन्द्रबहादुर भट्टराई (भरत) को पक्षमा एकाएक माहोल तातेको छ ।
लोकतान्त्रिक गठबन्धनले जनप्रतिनिधिहरुलाई नै भोट माग्न पठाएपछि जनताकै अवमूल्यन गरिएको भन्दै मतदानको पूर्वसन्ध्यामा अधिंकाश मतदाता रुष्ट बनेका छन् । श्रोतका अनुसार जनताका प्रतिनिधिलाई एउटा पार्टी निकटका उम्मेद्वारको मात्र भोट माग्न पठाएर जनताको मतको अवमुल्यन गरेको भन्दै उर्लाबारीका व्यापारीहरु रुष्ट बनेका हुन् । भट्टराईको कद अनुसारका प्रतिष्पर्धी मैदानमा नभएपछि विपक्षी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु “ब्यक्तिगत चुनावी फण्डा”मा उत्रिएका छन् ।
जानकारहरुका अनुसार एउटा क्लब जस्तो संस्थामा सीमित रहेको उर्लाबारी उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघमा आबद्धता गराउने श्रेय उनै भट्टराईलाई जान्छ । भट्टराई महासंघको प्रदेश नं। १ का सदस्य र रत्न आभुषण समितिका संयोजक समेत हुन् । जसका कारण उर्लाबारी उद्योग वाणिज्य संघको दायरा फराकिलो बनेको छ ।
उर्लाबारीका केही “एलिट” हरुले विगतमा संघमा कब्जा जमाएका थिए । उनीहरु सके आफैँ, नभए आफ्नाहरुको भर्ती केन्द्र संघलाई बनाउथे । सार्वजनिक मञ्चमा पदीय जिम्मेवारी भजाउनु बाहेक उनीहरुको कार्यसुची अरु थिएन । अहिले पनि छैन । यस्तै सङ्गति नमिलेका पात्र र प्रबृत्तिको बोलबोला रहेकै बेला भट्टराईको संघमा उदय भएको थियो । उनकै कार्यकालमा उर्लाबारी उद्योग वाणिज्य संघ अग्रगतिको बाटोतर्फ मोडिएको यहाँका व्यापारीहरु खुलेरै बताउँछन् ।
फुटपाथबाट व्यवसायिक यात्रा सुरु गरेका भट्टराईलाई सानादेखि सबैखाले उद्यमी व्यवसायीका अफ्ट्यारासँग परिचित छन् । जसै विगतमा आफुले गरेका ११ वटा प्रतिबद्धता मध्ये ९ वटा वाचा पुरा भईसकेको भट्टराई बताउँछन् । उनी भन्छन् – बाँकी २ वटा र थप ७ बुँदे शीर्षकका सबै प्रतिबद्धता आगामी कार्यकालमा विश्वास दिलाउन चाहन्छु ।
चुनावमा स्वच्छ प्रतिष्पर्धा हुन्छ नै, तर भट्टराई र उनको प्यानल बिरुद्ध विपक्षी लोकतान्त्रिक गठबन्धनले भ्रम फैलाएको सन्दर्भमा के भन्छन् त चन्द्रबहादुर भट्टराई (भरत) : बजार हल्लाका बारेमा मसँग खण्डन गर्ने समय छैन । जो जसले जे आक्षेप लगाएपनि मत दिने व्यपारीहरुबाट मलाई धोका हुने छैन । मतदाताले विपक्षीलाई मन दिएजस्तो हुन सक्छ तर मत चाहिँ मलाई नै दिनुहुन्छ ।
अघिल्लो चुनावमा कुनै प्यानल नबनाई चुनाव लडेका भट्टराईले सहजै जित हात पारेका थिए । यसपटक तीनै पराजित अनुहारलाई पराजय गर्न भट्टराईलाई बाम बर्चश्वको साथ छ । राप्रपा निकटका व्यापारीहरुले पनि भट्टराई प्यानललाई समर्थन गरेका छन् । संघको हितमा देखिने गरी कार्यसम्पादन गरेका कारण उनको पहिलो कार्यकालको सुखद “इनिङ” भएको छ । समग्रमा अधिंकाश व्यापारीको समर्थनका कारण चन्द्रबहादुर भट्टराई ९भरत० ले पुन ः उर्लाबारी उद्योग बाणिज्य संघको कमाण्ड सम्हाल्ने निश्चित देखिएको छ ।
प्रकाशित मिति: १० भाद्र २०७५, आइतबार