रौतहटमा डुंगा दुर्घटनाः पाँच जना अझै बेपत्ता


 


रौतहट, भदौ १०
रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर पाँच जना बेपत्ता भएका छन् भने २१ जनाको उद्दार भएको छ । बेपत्ता पाँच जनाको खोजी भइरहेको छ । आइतबार विहानैदेखि सुरक्षाकर्मी र स्थानीय मिलेर उनीहरुको खाजी भइरहेको छ ।

घाँस काटेर तथा खेतमा काम गरेर इसनाथ नगरपालिकाको बन्जाराहा तर्फबाट गौर तर्फ आउँदै गरेको डुंगा पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। बेपत्ताहरुको खोजीका लागी सबै किसिमका उपायहरु प्रयोग गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित मिति: १० भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्