महाकाली नदीमा पानीको बहाव बढ्यो


 


कञ्चनपुर, भदौँ १०

महाकाली नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्ला र चुरे क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो ।
आज महाकाली नदीको पानीको बहाव १ लाख ४७ हजार १ सय ५८ क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गएरातीबाट नदीमा पानीको बहाव बढेको हो । नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ ।

पुलको सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउने गरेको छ ।

प्रकाशित मिति: १० भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्