पूर्व क्रिकेटर खान प्रधानमन्त्री भएपछि क्रिकेट प्रमुखले दिए राजीनामा


 


कराची, भदौ ९
पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् ।

पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका छन् ।

सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गरेका थिए । अध्यक्षका रुपमा उनको कार्यकाल सन् २०२० मा सकिने भएपनि उनले अहिले नै राजीनामा र्दिएको बताइएको छ । सेथीले ट्वीटर मार्फत् सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन् ।

पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत हुन्। त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्यो । रासस÷एएफपी

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्