अब मंसिरदेखि विद्युतीय बस चढ्न पाइने


 


काठमाडौं, भदौ ९
अब आगामी मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय सञ्चालन हुने भएका छन् । बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्धयन गराएको छ । गोर्खापत्रमा खबर छ ।

प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेको बताए । पानी जम्ने सडकमा बस चल्न नसक्ने हुँदा सडकमा पानी जम्म हुने समस्या भने हटाउन सुझाव दिएका थिए ।

हाललाई चक्रपथ, भक्तपुर सूर्यविनायकदेखि कलंकी, तीनकुने, बानेश्वर, माइतीघरर रत्नपार्क रुटमा गाडी चलाउन यातायात व्यवस्था विभागसँग कुरा भइरहेको छ ।

हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको छ। ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्नेछन्।

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्