महेन्द्रनगरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी


 


महेन्द्रनगर, भदौ ८
निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेपछि महेन्द्रनगरमा अनिश्चितकालिन कफ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तनाव नियन्त्रण गर्न शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।

आन्दोलनले उग्ररुप लिई सरकारी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कफ्र्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

कर्फ्यूमा कसैले पनि घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न, नगराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्