आपनो जीवन बचाइदिन ११ वर्षीया बालकको याचना


 


दाङ, भदौ ८
दुबै मृर्गौला फेल भएर उपचारमा रहेका तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन सबैमा आग्रह गरेका छन् ।

तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपचारका लागि रकम जुटाउन परिवारले नसक्ने भएपछि सहयोगको अपिल गरेका हुन् । उनले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।

बुबा अपाङ्ग र घरको आर्थिक अवस्था नाजुक हुँदा भारतमा उपचारका लागि लगिएका बालकलाई फर्काउनुपरेको थियो । उनलाई उपचारका लागि उनकी फुपूले भारतको लखनउमा लगेकी थिइन् । तर त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकापछि उनीहरु फर्केर आएका थिए ।

सहयोग गर्न चाहनेले सिधै विवेकका बाबु गोपाल आचार्यको ९८१०१९००५५, ९८६५३५०३५० नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ वा ग्लोबल आइएमी बैँकको खाता नम्बर १८०७०१०००८६४९ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्