निर्मला हत्या प्रकरणः गृहमन्त्रीले पक्राउ परेका भनेका दुई जना कता हराए ?


 


काठमाडौं, भदौ ८
कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका भनिएका दुई जना कता गए भन्ने कुनै जानकारी दिएको छैन ।

कञ्चनपुरमा आन्दोलन चर्र्किएपछि गृहमन्त्री रामबहादुर थापाले संसदमै हत्या आरोपमा दुई जना पक्राउ परिसकेको बताएका थिए । नयाँ पत्रिका खबर छ ।

तर, त्यसपछि प्रहरीले हत्यामा संलग्न भएको भन्दै एक सुस्त मनस्थिति भएका व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेपनि त्यसअघि पक्राउ गरेका भनेका दुई जनाको अवस्था सार्वजनिक गरेको छैन ।

दिलीप विष्ट पक्राउ पर्नुअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन ।

एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन् ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्