निर्मला हत्याकाण्डः सिडियोसहित एसपी र डीएसपी तानिए


 



कञ्चनपुर, भदौ ७
निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन थप चर्किएपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकासहित प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई मन्त्रालयमा तानेको छ।

बुधबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर चार जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारीसहित प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलाई गृहमन्त्रालय तानिएकोे हो ।

१३ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको आरोपमा निर्दोष व्यक्तिलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार मात्रै प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दलाई कञ्चनपुरमा खटाइसकेको छ । चन्द कञ्चनपुर खटिएकै दिन आन्दोलनकारीमाथि गोली चलेको छ । गोली लागेर ६ जना घाइते भएका छन् । त्यसमध्ये गम्भीर घाइते भएका एक जनालार्ई काठमाडौं रिफर गरिएको छ ।

बालिका हत्या प्रकरणमा मानसिक सन्तुलन नभएका ४१ वर्षीय दिलीपसिंह विस्टलाई पक्राउ गरेपछि चार दिनदेखि कञ्चनपुर तनावग्रस्त छ ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्