निर्मला हत्या प्रकरणः आन्दोलनकारीमाथि गोली चल्यो


 


महेन्द्रनगर, भदौ ७
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा आन्दोलन थप चर्केपछि आज प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको छ ।

बालिका्े वास्तविक हत्यालाई लुकाएर निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्दै आन्दोलन थप चर्किएको छ । आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालयतर्फ उन्मुख भएपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

प्रहरीले भने आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान सेठीले गोली नचलाएको बताए ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्