सुनचाँदीको मूल्य फेरि घट्यो


 


काठमाडौं, भदौ ७
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय १५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्