सरकारीमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा


 


काठमाडौं, भदौ ७
अब सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने उल्लेख छ ।

मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

कानुन आयोगद्वारा तयार पारिएको उक्त विधेयकबारे शिक्षा मन्त्रालयमा केही छलफल गरी केही परिमार्जनुसहित आइतबार संसदमा पेस गरिएको थियो ।

विधेयकको २२ देखि २७ दफामा आधारभुत र माध्यामिक तहमा भर्ना भएका र पढ्दै गरेका विद्यार्थीलाई पाठ्यपुस्तक, पोशाक, दिवाखाजा, शैक्षिक सामाग्री र प्राथमिक स्वाथ्य उपचार लगायतका सेवा निःशुल्क दिने उल्लेख छ ।

 

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्