प्रधानमन्त्रीको सम्बोधनले राजपा दुई धारमा, यस्तो छ कारण


 


काठमाडौं, भदौ ७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकमा गरेको सम्बोधनले राजपा दुई धारमा उभिएको छ ।

कतिपय सांसदले उनको सम्बोधनको स्वागत गरेका छन् भने कतिपयले विरोध गर्दै जरिवाना तिराउनुपर्ने आवाज उठाएका छन् । नयाँ पत्रिकामा खबर छ ।

राजपाका सचेतक परमेश्वर साह र राष्ट्रिय सभा सदस्य वृजेश लालले प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने बताउँदै प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरे । जसले गर्दा राजपा विवादमा फसेको छ ।

कतिपय सदस्यले पार्टी संयोजक महन्थ ठाकुरले दोहोरो चरित्र देखाएर जानाजान विवाद जन्माएको आरोप लगाएका छन् । केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको आरोप उनीमाथि छ ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्