नेकपाका नेताहरुको सम्पत्ति खोजी, घरजग्गादेखि बैंकको रकम पनि देखाउनु पर्ने


 


काठमाडौं, भदौ ७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना केन्द्रीय नेताहरूको सम्पत्तिको खोजी गर्ने भएको छ । नेताहरुको सम्पत्तिको लगत राख्न पार्टीले यो अभियान सुरु भएको हो । अन्नपूर्णमा खबर छ ।

भदौभित्र चल–चल सम्पत्ति विवरण बुझाउन उसले केन्द्रीय सदस्यहरूलाई सर्कुलर गरेको छ । निर्वाचित भएको ६० दिनभित्र हरेक केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने विधानको व्याख्या गर्दै केन्द्रीय कार्यालयले ६ पृष्ठ लामो फारम वितरण गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच जेठ ३ मा एकता भएपछि नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

फारममा घर, जग्गा, नगद, सुनचाँदी, हिरा, जवाहरातदेखि बैंक वित्तीय संस्था तथा सहकारी संस्थामा रहेको चलअचल सम्पत्ति विवरण, धितोपत्र, सेयर वा ऋणपत्रको विवरणदेखि ऋण लिए–दिए–तिरेको विवरणसम्म उल्लेख गर्नुपर्नेछ ।

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्